काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सम्मरीमाई गाउँपालिका-५ सिद्धनाथमा निर्माणाधीन शीतभण्डारको अनुदान रकममा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा तत्कालीन लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ। आयोगका अनुसार, आर्थिक वर्ष २०७६/७७ मा कृषि तथा पशुपन्छीजन्य उद्योग, यन्त्र तथा पूर्वाधार विकासतर्फको शीतभण्डार निर्माण अनुदान कार्यक्रमअन्तर्गत भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी […]