अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्षले दिए राजीनामा

काठमाडौँ– सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले राजीनामा दिएका छन्। वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएपछि चौधरी विवादमा तानिएका थिए। उनले उपाध्यक्षलाई सम्बोधन गर्दै कात्तिक ५ गते राजीनामा दिएपछि आज (मंगलबार) मात्रै राजीनामा स्वीकृत भएको हो। राजीनामा पत्रमा उनले विभिन्न कारणवश अध्यक्ष पदमा निरन्तर कार्य गर्न असमर्थ रहेको उल्लेख गरेका छन्। उनी एमालेबाट […]