नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशका बैंक तथा वित्तीय संस्थामा रु ११ खर्बभन्दा बढी रकम थुप्रिएर बसेको बताउँदै तत्काल लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले चासो देखाउनुपर्ने बताएका छन्। राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले “बैंकमा पैसा छ, तर लगानीका परियोजना अघि बढ्न नसक्दा अर्थतन्त्र स्थिर हुन सकेको छैन” भन्दै ध्यानाकर्षण गराए। […]