काठमाडौं- नेकपा (एमाले) नेता प्रदीप ज्ञवाली यतिबेला पार्टी अध्यक्ष केपी शर्मा ओलीको बचाउमा उभिएका छन्। ओलीको नेतृत्वमाथि प्रश्न उठिरहेका बेला ज्ञवालीले महासचिव शंकर पोखरेलको पुनर्गठन प्रस्तावको प्रतिवाद गर्दै ओलीको नेतृत्वको प्रशंसा गरिएको २९ पृष्ठ लामो प्रतिवेदन तयार पारेका छन्। तर, करिब १० महिनाअघि भएको एमालेको ११औँ महाधिवेशनमा यही ओलीले महासचिव नबनाएपछि ज्ञवाली असन्तुष्ट बनेका थिए। […]