दाङमा हावाहुरीका कारण विद्युत सब-स्टेसनमा आगलागी

काठमाडाैं । दाङको लमहीमा हावाहुरीका कारण विद्युत सर्ट हुँदा नेपाल विद्युत् प्राधिकरणको सब स्टेसनमा आगलागी भएको छ । लमहीस्थित १ सय ३२ केभी क्षमताको सबस्टेशन शुक्रबार दिउँसो करिब साढे १ बजे आगलागी भएको प्रहरीले जनाएको हाे। सब स्टेसनको कन्ट्रोल हाउसमा आगलागी भएता पनि धेरै ठूलो क्षति हुन नपाएको वडा प्रहरी कार्यालय लमहीले जनाकारी दिएकाे छ। […]