गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

सप्तरी– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको डेन्टल (दन्तरोगसम्बन्धी) शाखाअन्तर्गत बहिरङ्ग (ओपीडी) सेवा प्रवाह गरिने भवनमा सोमबार आगलागी भएको छ । यहाँका डेन्टल ओपीडी सेवा र ‘रेकर्ड’ कोठामा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको जनाइएको छ । डेन्टल विभागका डाक्टर दिपाली झाका अनुसार उपचारका लागि आएको बिरामीलाई अस्पतालमा उपचार गरिरहेका बेला डेन्टल उपकरणको कम्प्रेसरमा एक्कासी विद्युत् […]