‘पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुनुपर्छ’

ललितपुर। नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राष्ट्र र राष्ट्रियतामाथि सङ्कट परेको अवस्थामा पार्टीगत हित तथा पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुनुपर्ने बताएका छन्। ललितपुरमा आज (आइतबार) पत्रकार सम्मेलन गर्दै उनले दलभन्दा माथि उठेर राष्ट्रिय एकताका लागि कांग्रेसको नेतृत्वले समस्या समाधानको पहल गर्नुपर्नेमा जोड दिए। राजनीतिक दल लोकतन्त्रका वाहक भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक […]