ओटीपी दिँदा पैसा चट्

२०८१ फागुन दोस्रो साता। सोलुखुम्बु-५ (सांकेतिक नाम)लाई एउटा फोनकल आयो- नमस्कार! म इसेवा सर्भिस सेन्टरबाट बोल्दै छु। सोलुखुम्बु-५ ले जवाफ फर्काए- हजुर! के सेवा गरौँ भन्नुस् न। फोन गर्नेले सम्झाए- तपाईंलाई नौ हजार रुपैयाँ रिवार्ड परेको छ! सोलुखुम्बु-५ ले जिज्ञासामिश्रित स्वरमा सोधे- हो र? फोनबाट पुन: आवाज आयो- तपाईंको नम्बरमा ओटीपी (वानटाइम पासवर्ड) नम्बर आउँछ। […]