मधेशका मुख्यमन्त्रीले २२ कात्तिकमा विश्वासको मत लिने, सरकार विस्तार विश्वासको मत पाएपछि मात्रै
मुख्यमन्त्री सोनलले पदभार ग्रहण गरेको दुई साता भइसक्दा पनि सरकार विस्तार गरेका छैनन् । सरकारका जनमत पार्टीका संसदीय दलका नेता मधेशप्रसाद यादव र नेकपा एसका कनिस पटेलले मन्त्रीको रुपमा शपथ लिए पनि उनीहरूलाई अहिलेसम्म विभागीय जिम्मेवारी तोकिएको छैन ।