वामदेवले भने- सबै कम्युनिस्ट पार्टी नमिले सकिन्छौँ, एमालेसँग पनि मिल्न तयार हुनु पर्छ

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता वामदेव गौतमले सबै कम्युनिस्ट शक्ति नमिले सकिएर जाने बताएका छन् । तीन दिनदेखि जारी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई शुक्रबार सम्बोधनका क्रममा उनले भारतको उदाहरण दिँदै कम्युनिस्ट शक्ति नमिले सकिने बताए । ‘हामी साना-साना शक्ति मिल्नै पर्छ । अझ सबै कम्युनिस्ट मिल्नुपर्छ, एमालेसँग पनि एकता गर्न तयार हुनुपर्छ। […]