कारको डिकीबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद, चालक फरार

काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका-२ भैँसेस्थित चेकपोस्टबाट प्रहरीले ११७ किलो ९१० ग्राम गाँजा बरामद गरेको छ। गाँजा बरामद भए पनि कार चालक भने फरार भएका छन्। गएराति करिब १:४० बजे पालुङबाट भैँसेतर्फ आउँदै गरेको बा ४४३१ नम्बरको कारलाई नियमित चेकजाँचका क्रममा प्रहरीले रोकेको थियो। चेकजाँचका क्रममा चालकले कारको डिकीमा केही नरहेको बताएपछि प्रहरीलाई शंका लागेको थियो। […]