चाडपर्वअघि सवारी दर्तामा समस्या, समाधानका लागि नाडा र प्रमुख जिल्ला अधिकारीबीच छलफल

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारीसाधन दर्तामा देखिएको समस्या समाधानका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयसँग सहजीकरण र समन्वयको माग गरेको छ। असोज १४ गते नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी सवारीसाधन दर्तासम्बन्धी समस्याबारे विस्तृत छलफल गरेको हो। छलफलमा महासचिव मल्लले चाडपर्व नजिकिँदै जाँदा यातायात व्यवस्था कार्यालयहरूमा […]