काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले पाकिस्तानका अनुभवी अलराउन्डर हुसेन तलतलाई टोलीमा अनुबन्ध गरेको छ । कर्णाली याक्सले बिहीबार सामाजिक सञ्जालमार्फत ३० वर्षीय तलतलाई विदेशी खेलाडीका रूपमा भित्र्याएको जानकारी दिएको हो । पाकिस्तानको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका तलतसँग विभिन्न व्यावसायिक लिगमा प्रतिस्पर्धा गरेको अनुभव छ […]