अलपत्र गौतमबुद्ध क्रिकेट रंगशालाको काम सुचारु (तस्बिरहरू)

काठमाडौं- धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सम्पन्न गर्न नसकेर अलपत्र छोडेको भरतपुरस्थित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम अहिले सुचारु भएको छ । भरतपुर महानगरपालिकाले स्वामित्व लिएपछि काम पुन सुरु भएको हो । आयोजनाका इन्जिनियर सन्तोष आचार्यका अनुसार अहिले पिलर र प्यारापिटको काम भइरहेको छ । आगामी चैतसम्म स्ट्रक्चर निर्माणको काम सक्ने लक्ष्य रहेको छ । […]