पक्राउ परेकालाई हतकडी नलगाउन सर्वोच्चको आदेश

काठमाडौँ। सर्वोच्च अदालतले भाग्ने वा अरूलाई क्षति पुर्‍याउने जोखिम नरहेका पक्राउ परेका व्यक्तिलाई हतकडी नलगाउन प्रहरीलाई आदेश दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले हतकडीको प्रयोगलाई आवश्यक र परिस्थितिअनुकूल बनाउन प्रहरीका नाममा आदेश जारी गरेको हो। हतकडीको गैरकानुनी प्रयोग भइरहेको दाबी गर्दै विवेक चौधरी, रोशन आउजा र विकास यादवले दायर गरेको रिटमाथि सुनुवाइ […]