काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ-निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई गराउन सरकार-सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। राष्ट्रपति भवन शितल निवासमा शनिबार अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू समेतको सहभागितामा भएको छलफलमा ४ वटै सुरक्षा निकायका प्रमुखलाई उहाँले यस्तो निर्देशन दिनुभएको हो। उहाँले शान्ति सुरक्षा कायम गर्न र […]