सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र एक पुरुषको शव फेला परेको छ । भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका लालजीप्रसाद गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । मृतक गुप्ता ४० वर्षभन्दा बढी समयदेखि नेपालमा बस्दै आएका थिए । स्थानीयवासीले […]