भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो जीवन यात्रालाई मार्गदर्शन गर्ने भोटे दमाईको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै आईजीपी कार्कीले भोटे दमाईसँगको सम्बन्ध केवल औपचारिक नभई आफ्नो जीवन यात्रासँग गहिरो रूपमा जोडिएको बताएका छन्। उनले सानै उमेरमा काठमाडौं आउँदा भोटे दमाईले सिलाइदिएको च्यातिएको झोला बोकेर […]