‘गरिमा सुवर्ण योजना’को इकाई बिक्री तथा पुनर्खरिद सुरु, अनलाइनबाटै कारोबार गर्न सकिने

गरिमा क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको ‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री तथा पुनर्खरिद सुरु गरेको छ। कम्पनीले मंगलबारदेखि लगानीकर्ताका लागि अनलाइन दर्ता तथा कारोबार प्रणालीसमेत सञ्चालनमा ल्याएको हो। धितोपत्रसम्बन्धी ऐन, २०६३ तथा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको ‘गरिमा म्युचुअल फण्ड’ अन्तर्गत गरिमा सुवर्ण योजना पहिलो खुलामुखी योजना हो। […]