भोटेकोशी बाढीपीडितको राहत र सांगठनिक पुनर्जागरणमा रास्वपाको जोड

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन तथा बेपत्ता भएकाहरूको द्रुत कानुनी प्रक्रिया पूरा गरी पीडित परिवारलाई सुविधा दिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा केन्द्रीय कार्यालय वनस्थलीमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले विपद् व्यवस्थापन, सांगठनिक पुनर्जागरण र कूटनीतिक मामिलामा केन्द्रित रहँदै विभिन्न निर्णयहरू गरेको हो […]