युटिएलको ८ अर्बभन्दा बढी बक्यौता असुल्ने निर्णय, सम्पत्ति र बैंक खाता रोक्का गर्न पत्राचार

नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटिएल)ले तिर्नुपर्ने आठ अर्ब रुपैयाँभन्दा बढी बक्यौता र त्यसमा लाग्ने जरिवाना सरकारी बाँकी सरह असुलउपर गर्ने निर्णय गरेको छ। कम्पनीको चलअचल सम्पत्ति र बैंक खाता रोक्का राख्न सम्बन्धित निकायमा पत्राचारसमेत गरिएको छ। प्राधिकरणका अनुसार युटिएलले भदौ मसान्तसम्म विभिन्न शीर्षकमा आठ अर्ब पाँच करोड २२ लाख ५७ हजार १५ रुपैयाँ […]