सरकार‚ राजनीतिक दल र जेनजीको छलफलमा यी हुन् सहभागी (नामसहित)

काठमाडौं। सरकार‚ राजनीतिक दल र जेनजी प्रतिनिधिबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको छ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा पहिलोपटक त्रिपक्षीय छलफल सुरु भएको हो । बालुवाटारमा जारी छलफल निर्वाचनको वातावरण बनाउने पहलस्वरुप भएको हो । छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल‚ कानुनमन्त्री अनिलकुमार सिन्हा‚ शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेल सहभागी छन् । […]