७७ वर्षपछि कार्तिक नाचमा

७७ वर्षदेखि मञ्चन हुन नसकेको कार्तिक नाचअन्तर्गतको ऐतिहासिक नृत्यनाटक माधवानर लीला ४ दिनको मञ्चनसँगै मंगलवार सम्पन्न भएको छ। पाटन दरबार क्षेत्रस्थित मंगलबजारको कार्तिक डबलीमा ७७ वर्षपछि पुन: प्रस्तुत गरिएको यो लीलाले कार्तिक नाचको पुरानो नाट्य परम्परालाई ब्युँताएको छ। मल्लकालीन कला, संगीत र नाट्य परम्पराको महत्वपूर्ण धरोहर मानिने कार्तिक नाचअन्तर्गत माधवानर लीला विद्वान् संगीतज्ञ माधवानर र […]