कति हतार हो!

हामीहरू प्रायजसो हतारमै हुन्छौँ। हस्पिटलमा बिरामी भेट्न जाँदा पनि हतारै हुने। कतै बिहे, भोज, पार्टीतिर गयौँ भने पनि हतारै हुने। खाना खान पनि हतारै हुने। कसैसँग बोल्ने फुर्सद पनि नहुने। छोराछोरीलाई दिने समय पनि नहुने। बाटोमा ट्राफिक लाइटमा १/२ मिनेट कुरुन्जेल पनि हतार भएर हर्न बजाइरहने।