इटहरी। सुनसरी इटहरीको भाटभटेनीअगाडिको एउटा खुला खेतबारीमा सयौं मान्छेको भिड। मंगलबार दिउँसोको मध्याह्नको टन्टलापुर घाम। कोही हातमा फूलका गुच्छा बोकेर बसेको देखिन्थे, कोही ‘आफ्ना प्रिय नेता’लाई मोबाइलको क्यामरामा कैद गर्न अग्लो ठाउँ खोज्दै थिए। धरानबाट आएकी सुस्मिता कार्कीको हातमा आफ्नै घरको बगैँचामा फुलेको सयपत्रीको थुँगा थियो। “दुई घण्टा भइसक्यो लाइनमा बसेको, आफ्नै हातले रवि र […]