क्यानडाको नागरिकतासम्बन्धी कानुनमा हालै गरिएको महत्वपूर्ण संशोधनपछि लाखौँ अमेरिकी नागरिकहरू क्यानेडाली पासपोर्टका लागि योग्य हुने भएका छन्। नयाँ व्यवस्था लागू भएसँगै अमेरिकाबाट क्यानडाको नागरिकताका लागि आवेदन दिनेहरूको संख्या उल्लेखनीय रूपमा बढेको अधिकारीहरूले जनाएका छन्। यसअघि लागू रहेको प्रावधानअनुसार क्यानाडाको नागरिकता आमाबाबुबाट सन्तानमा एक पुस्तासम्म मात्र हस्तान्तरण हुने व्यवस्था थियो। तर, गत डिसेम्बर १५ देखि लागू […]