अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) नाम परिवर्तन गरी ‘नाइस’ राख्ने प्रस्तावले यतिबेला अमेरिकी राजनीतिमा नयाँ बहस सुरु गराएको छ। कन्जरभेटिभ इन्फ्लुएन्सर एलिसा एम. मारीले गत मार्चमा सामाजिक सञ्जाल एक्समार्फत अघि सारेको यो अवधारणाले अहिले राष्ट्रिय स्तरमै ध्यान तानेको हो। उक्त प्रस्तावलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमा समर्थन जनाएपछि विषयले थप राजनीतिक तातो पाएको […]