महानवमीका दिन खुल्यो ऐतिहासिक तलेजु भवानीको मन्दिर, दर्शनार्थीको घुइँचो

काठमाडौँ । महानवमीका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि आज दिनभर खुला गरिएको छ। हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म भक्तजनलाई पूजा, आराधना एवं दर्शनका लागि मन्दिर खुला गरिएको हो। वर्षमा एक दिन मात्र महानवमीका अवसरमा सर्वसाधारणका लागि खुला […]