न्युन आम्दानीमा गर्जो टार्नुपर्ने बाध्यता छ, त्यसैमाथि गम्भीर बिरामी छोरी। यही पीडाले बिचलित भएर भारतमा गएर कमाउने आशा पालेर ती महिला हिँडिन् कि? बिरामी छोरीको अवस्थाको समेत जानकारी नदिने श्रीमानको व्यवहारले बिरक्तिएर कतै हराइन् कि ? उनका श्रीमानले सोचेको भन्दा अवस्था फरक हुन सक्छ। एउटी आमाले बिरामी छोरीलाई छाडेर जानुको पछाडि सामाजिक र आर्थिक कारण छन्।