राष्ट्रिय लिग फुटबलमा एनआरटी विजयी

काठमाडौँ। राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड टिम (एनआरटी) विजयी भएको छ। सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आज (बिहीबार) भएको खेलमा एनआरटीले आफ्नो पाँचौँ खेलमा सङ्कटा क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। एनआरटीलाई जित दिलाउन कृतिशरत्न छुन्जु र टिमोथी ओकेरेकेले समान एक/एक गोल गरे। एक गोल एनआरटीले आत्मघाती उपहारका रुपमा प्राप्त गर्‍यो। […]