कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम आजका लागि स्थगित गरिएको छ । मनोनयन पत्र दर्ताका लागि केन्द्रीय निर्वाचन समितिले भोलि (बुधबार) बिहानका लागि समय ताेकेको छ । निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार भृकुटीमण्डपमा बिहान सवा ८ बजेदेखि सवा ९ बजेसम्म मनोनयन पत्र दर्ता गर्न सकिनेछ।