एसियाली खेलको पुरुष टी–२० क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने भएका छन्। बिहीबार भारतले श्रीलंकालाई १२४ रनले पराजित गरेपछि दुई प्रतिद्वन्द्वीबीचको फाइनल तय भएको हो। यो एसियाली खेलमा उनीहरूको पहिलो क्रिकेट भिडन्त हुनेछ। जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६९ रन बनाएको थियो। जवाफमा श्रीलंका ९.५ ओभरमै […]