काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ। आज (बिहीबार) बस्ने भनिएको बैठक महाधिवेशनका विषयमा नेताहरूबीच सहमति नभएकाले पर्सि (शनिबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठक स्थगित भएको यो चौथोपटक हो। विधानले तोकेको समयमा महाधिवेशन गर्नुपर्ने स्पष्ट व्यवस्था हुँदा-हुँदै पनि कांग्रेसको केन्द्रीय कार्यसमिति लामो समयदेखि त्यसमै अल्झिएको छ। […]