काठमाडौँ। सरकारले परराष्ट्र मन्त्रालयमा कामकाज गर्नेगरी फिर्ता बोलाएका राजदूतहरू हाल हाजिरीमा सीमित छन्। वर्तमान सरकारले गत १७ कात्तिकमा ११ देशका नेपाली राजदूतलाई २० कात्तिकदेखि परराष्ट्र मन्त्रालयमै कामकाज गर्नेगरी फिर्ता बोलाउन पत्राचार गरेको थियो। सोहीअनुसार नेपाल आएका राजदूतहरूलाई मन्त्रालयमा कामकाज गर्नेगरी व्यवस्था मिलाइएको प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए। फिर्ता बोलाइएका ११ मध्ये चार राजदूतले पदबाट […]