कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १०२ मध्ये १९ शवको सनाखत भएको छ । यसअघि १५ शवको सनाखतपछि परिवारलाई हस्तान्तरण गरिएकामा सोमबार एक र आज थप तीन शव सनाखत भएको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। उनका अनुसार मृतकको […]