वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

काठमाडौं– वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूको बिल भुक्तानी गर्ने क्रममा दाहालले घुस लिएको सूचनाका आधारमा टोली खटाएर उनलाई नगदसहित नियन्त्रणमा लिइएको थियो।  कार्यकक्षमै लुकाइराखिएको अवस्थामा उनलाई १ लाख २० हजार ८५० रुपैयाँसहित पक्राउ गरिएको […]