भारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको मूल्य, नेपालमा पनि असर पर्ने संकेत

भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढाइएको छ । दिल्लीमा पेट्रोल प्रतिलिटर ८७ पैसा बढेर ९९ रुपैयाँ ५१ पैसा पुगेको छ भने डिजेलको मूल्य ९१ पैसा बढेर ९२ रुपैयाँ ४९ पैसा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो वृद्धि पछिल्लो ९ दिनभित्र तेस्रो पटक गरिएको हो । यसअघि पनि दुई पटक इन्धनको मूल्य बढाइएको थियो […]