अमेरिकाका मुख्य सहरहरूमा राष्ट्रपति ट्रम्पकाविरुद्ध प्रदर्शन

अमेरिकाका विभिन्न सहरहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूविरुद्ध प्रदर्शनहरू भइरहेका छन्। न्युयोर्क, वासिङटन डीसी, शिकागो, मियामी र लस एञ्जलसजस्ता प्रमुख सहरहरूमा हजारौँ मानिस सडकमा उत्रिएर प्रदर्शनमा भाग लिएका छन्। न्युयोर्क सिटीको प्रसिद्ध टाइम्स स्क्वायरमा हजारौँ प्रदर्शनकारी जम्मा भएका थिए। सडक र भूमिगत रेलका प्रवेशद्वारहरू मानिसले खचाखच भरिएका थिए। प्रदर्शनकारीहरूले “लोकतन्त्र, राजतन्त्र होइन” र “संविधान वैकल्पिक होइन” […]