धागाले बाँधेको खाम!

परीक्षा सुरु हुने तीन दिन अघि हुलाकीले उनीहरूकै कोठामा एउटा चिठी लिएर आयो। खाम सेतो धागाले बाँधिएको थियो। चन्द्रविक्रमले चिठी खोल्यो। अलिकति पढ्नासाथ ऊ भक्कानियो। चिठीमा लेखिएको थियो- ‘आमाको अन्तिम अवस्था भएकाले आजै हिँडिहाल्नू।’