डोल्पा। डोल्पामा सालनाल अड्किएर जटिल अवस्थामा परेकी सुत्केरीको सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। राष्ट्रपति सुत्केरी उद्धार कोषअन्तर्गत बुधबार दिउँसो ठुलीभेरी नगरपालिका ९ की ३० वर्षीया विष्णुकुमारी डाँगीको उद्धार गरिएको हो। डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल (ढकाल) को पहलमा हेलिकोप्टरको व्यवस्था गरी सुत्केरीलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ। जिल्ला अस्पताल डोल्पाका चिकित्सक […]