रवि–बालेन एउटै दलबाट चुनाव लड्ने सहमति, रास्वपामा ७ बुँदे सम्झौता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । आइतबार ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्दै उनीहरूले रास्वपाकै नाम, झण्डा र चुनाव चिन्ह यथावत् राख्ने निर्णय गरेका हुन् । सम्झौताअनुसार रास्वपाको केन्द्रीय नेतृत्व रवि लामिछानेले गर्नेछन् भने आगामी निर्वाचनपछि […]