बन्न थाल्यो धुर्मुस-सुन्तलीले अलपत्र पारेको गौतम बुद्ध क्रिकेट रंगशाला [ड्रोन सर्ट]

काठमाडौँ। धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण सम्पन्न गर्न नसकेर अलपत्र छोडेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अहिले पुन: सुरु भएको छ। भरतपुर महानगरपालिकाले स्वामित्व लिएपछि काम सुरु भएको हो। आयोजनाका इन्जिनियर सन्तोष आचार्यका अनुसार अहिले पिलर र प्यारापेटको काम भइरहेको छ। आगामी चैतसम्म स्ट्रक्चर निर्माणको काम सक्ने लक्ष्य छ। त्यसपछि फिनिसिङ र ग्राउन्डको काम हुनेछ। […]