सुर्खेत। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य-सचिवका लागि तीनजनाको नाम सिफारिस गरिएको छ। सामाजिक विकास मन्त्रालयका सचिव धोलकराज ढकालको संयोजकत्वमा रहेको सिफारिस समितिले शनिबार तीन जनाको नाम सिफारिस गरेको हो। यसअघि पुस ३० मा समितिले १० जनाको प्रारम्भिक सूची (सर्टलिस्ट) गरेको थियो। तीमध्येबाट रवीन्द्र चन्द‚ दीपक हमाल र प्रमोद हमालको नाम मन्त्रालयलाई सिफारिस गरिएको हो। […]