निजामती कर्मचारीकाे दरबन्दी २० प्रतिशतले कटाैती गर्ने सरकारकाे तयारी

काठमाडौं । सरकारले निजामती सेवा अन्तर्गत संघीय तहमा रहेको दरबन्दी २० प्रतिशतले घटाउने तयारी गरेको छ । मुख्यसचिव एकनारायण अर्यालको मंगलबार संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यसकाे बारेमा सैद्धान्तिक सहमति गरेको हो । हाल संघमा ५१ हजार भन्दा बढी कर्मचारी रहेका छन् । २० प्रतिशतले दरबन्दी कटौती हुँदा यो संख्या करिब १० हजारले घट्ने भएकाे छ […]