काठमाडौँ, २३ असोज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पछिल्लो एक साताको कार्यप्रगति सार्वजनिक गरेको छ । आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा यही असोज १८ गतेदेखि २३ सम्मको प्रगति विवरण सार्वजनिक गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालका अनुसार हाल राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को मस्यौदा […]