वाग्मती सफाइ महाअभियान ७०७औँ हप्तामा, उत्तर वाहिनी क्षेत्रमा सफाइ

काठमाडौँ- वाग्मती सफाइ महाअभियानको ७०७औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–४ स्थित उत्तर वाहिनी क्षेत्रमा सफाइ गरिएको छ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सञ्चालित अभियानअन्तर्गत शनिबार वाग्मती नदीको मुहान क्षेत्र र गोकर्णेश्वर महादेव मन्दिर आसपास सरसफाइ गरिएको हो । वाग्मती नदीको मुहान क्षेत्र नै प्रदूषित हुन थालेपछि उक्त क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको […]