अरुणा र विश्वास वर्ष खेलाडी - हाम्रो खेलकुद

पोखरा (हाम्रो खेलकुद)- नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रवार पोखरामा आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा वर्ष खेलाडी घोषित भएकी हुन् । पुरुषतर्फ भलिबलकै विश्वास अधिकारी वर्ष खेलाडी बनेका हुन् ।