काठमाडौँ। अमेरिकी बालयौन दुराचारी जेफ्री एपस्टिनले २०७२ सालको भूकम्पपछि नेपालमा काम गर्ने एउटा गैरसरकारी संस्थालाई २५ हजार अमेरिकी डलर चन्दा दिएको खुलेको छ। अमेरिकी न्याय मन्त्रालयले ३० जनवरीमा सार्वजनिक गरेको दस्ताबेजमा नेपाल उल्लेख छ। मन्त्रालयको बेवपेजमा नेपाल शब्द राखेर सर्च गर्दा १२८ वटा फाइल भेटिन्छन्। जसमध्ये एउटा इमेल अमेरिकी गैरसरकारी संस्था ‘सेकेन्ड रेस्पोन्स’ले एपस्टिनलाई लेखेको […]