नेपालकै लोकप्रिय साहसिक रियालिटी शो हिमालय रोडिज को सातौँ सिजन सफलतापूर्वक सम्पन्न भएको छ। १४ पुष २०८२ मा ग्रान्ड फिनाले प्रसारण भएसँगै सिजन औपचारिक रूपमा टुंगिएको हो भने आज आयोजित पुरस्कार हस्तान्तरण समारोहमार्फत विजेतालाई सम्मान गरिएको छ। यस सिजनले देशभरका युवाहरूको उल्लेखनीय ध्यान आकर्षित गर्दै नेपाली रियालिटी टेलिभिजनमा नयाँ मापदण्ड स्थापित गरेको आयोजकले जनाएको छ। […]