महालेखा नियन्त्रक कार्यालयद्वारा सरकारको एकीकृत वित्तीय विवरण पेस

महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८१/८२ का लागि सङ्घ, प्रदेश र स्थानीय सरकारको एकीकृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रतिवेदन आज महालेखानियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र महालेखापरीक्षक तोयम रायासमक्ष अलग-अलग रूपमा पेस गरेका हुन् । महालेखा नियन्त्रक कार्यालयले सङ्घीय सञ्चित कोषको सञ्चालनसँगै तीन तहका सरकारको एकीकृत वित्तीय विवरण तयार पारेर सार्वजनिक गर्ने जिम्मेवारी […]